पोखरा, ०४ फाल्गुन ।
पोखरामा आउने खानेपानीको मुहान भएको पोखरा १६ स्थित खालीखोला सफाई अभियानको दोस्रो श्रृखलामा पनि स्थानिय अभियान्ताहरु सक्रियताका साथ सहभागी भएका छन् ।


वातावरणीय स्वच्छताको अभियानमा लागेका उनिहरुले सरसफाई मार्फत हरियाली प्रवद्र्धनमा योगदानका लागी स्थानिय सरकारलाई आह्वान समेत गरेका छन् ।


प्राकृतिक स्रोतहरु माथी भैरहेको क्षयीकरणले मानव अस्तित्वलाई समेत चुनौती दिईरहेको बताएका उनिहरुले सचेतना अपनाउनु पर्नेमा समेत जोड दिएका छन् ।


केभसिटी मिडिया प्रा.लिका अध्यक्ष समेत रहेका स्थानिय अगुवा दुर्गा प्रसाद आचार्यले कालीखोला संरक्षण तथा विकास अभियानको नेतृत्व गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार