कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र ट्रयाक खोल्ने काम यसमहिना भित्रै सकिने भएको छ । तर, यसको ट्रयाक खोल्ने काम दुई वर्ष अघि नै सक्नु पर्ने थियो ।
सडक निर्मााणको जिम्मा लिएको सूर्य कन्स्ट्रक्सन कम्पनीले भदौभित्रै सडकको ट्रयाक खोल्ने गरी काम शुरु गरेको कालीगण्डकी करिडोर गाईघाट–मालढुङ्गा आयोजना कार्यालयले जानकारी दिएको छ ।
करिडोरको फलेबास नगरपालिकाको ढिकदेखि कुस्मा नगरपालिकाको अर्मादीसम्म १४ किमि सडकमध्ये झण्डै २०० मिटर मात्रै भिरमा ट्रयाक खोल्ने काम बाँकी छ । अर्मादी–फलेबास खण्डमा मोदीवेणीघाट नजिक १५० मिटर र मोदीखोलाको पुलपारी फलेवासतर्फ झण्डै ५० मिटर मात्रै ट्र्याक खोल्न बाँकी रहेको हो ।
विसं २०७५ जेठ २१ मा सम्पन्न गर्ने गरी विसं २०७३ असार २२ मा सम्झौता भएको उक्त खण्ड लामो समयसम्म अलपत्र बनेको थियो । पछिल्लो समय कोभिड–१९ का कारण आगामी पुससम्म म्याद थप गरिएको छ ।
यसलाई पर्वत जिल्लाको लाईफलाईनको रुपमा लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार