पाल्पा र वीरगञ्ज गरि २ जना कोरोना संक्रमितको ज्यान गएको छ । वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिला र पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
वीरगञ्जमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । पाल्पाकी ति महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि हिजो बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
उनको हिजो बेलुका ६ः३० बजे मृत्यु भएको मेडिकल कलेजका मेडिकल निर्देशक राजु शाक्यले जानकारी दिए । उनि मुटु रोगी समेत रहेको शाक्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार