पोखरा, वैशाख ।
पोखरामा क्रियाशिल पत्रकार अर्जुन गिरीको गैरन्यायिक गिरफ्तारीको विरोधमा पोखरा लगायत देशभरीका पत्रकारहरु आन्दोलित भएका छन् । धर्ना सहितको विरोध कार्यक्रममा सहभागी उनिहरुले ताण्डव साप्तिाहिकका सम्पादक गिरीको गिरफ्तारी गैरसंवैधानिक, गैरन्यायिक र प्रेसस्वतन्त्रता विरोधी गतिविधि भएको टिप्पणी गरेका छन् ।
विपेन्द्र वतास ठगी प्रकरणको समाचार लेखेकै आधारमा उनलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सिआईवीको प्रहरीले पत्रकार गिरीलाई पक्राउ गरेको हो । तर, पत्रकार गिरीले संचालन गरिरहेको ताण्डव साप्ताहिक पत्रिका र अनलाईन आवाश्यक प्रक्रिया पुरा गरि पत्रकारीताको नियामक निकाय प्रेस काउन्सिलमा दर्ता भई संचालनमा रहेको छ ।


यसअघि प्रेस काउन्सीलले उनको अनलाईन दर्ता नभई संचालनमा रहेको भनि झुठ्ठा विवरण प्रहरीलाई उपलब्ध गराएर पत्रकार गिरीलाई प्रहरीको फन्दामा पारिएको थियो । तर, प्रेस काउन्सीलले त्यसमा आफुहरुको कमजोरी भएको स्विकार गरेपनि प्रहरीले उनलाई झुठ्ठा मुद्धा लगाएर प्रेस वेगरको विद्युतिय कारोवार ऐनको हवला दिई पटक पटक म्याद थपगरि न्यायिक निरुपणमा विलम्व गरिरहेको छ ।
पुर्ण प्रेस स्वतन्त्रताको संवैधानिक अधिकार माथी सुनियोजित रुपमा प्रहार गरिएको प्रेसस्वतन्त्रताका सेनानीहरुले बताएका छन् । उनिहरुले विद्युतिय कारोवार ऐनको दफा ४७ र ४८ खारेजीको समेत माग गरेका छन् । पत्रकार गिरीको विनाशर्त रिहाईको माग गर्दै बुधबार नेपाल पत्रकार महासंघ कास्की शाखाको नेतृत्वमा जिल्ला प्रहरीका कार्यालय कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिईएको छ ।


यसैविच युवा पत्रकार संजाल, गण्डकीले पनि बुधबारदेखी नै हातमा कालोपट्टी बाँधेर विरोध जनाईरहेको छ । पोखराबाट फुकिएको न्यायको विगुल सिहंदरबारले मात्र होईन संसारको सुन्न जरुरी रहेको संजालले बताएको छ ।


प्रहरीको नियन्त्रणमा रहेका पत्रकार गिरीका सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराउन जाने क्रममा प्रहरीले अवरोध गरेपछि उक्त कार्यक्रम स्थगित भएको छ । तर, लोकतान्त्रीक मुलुकमा प्रेस माथीको हस्तक्षप निन्दनिय कार्य भनि प्रेसस्वतन्त्रताका सेनानीहरुले आलोचना गरेका छन् । पत्रकार गिरीको रिहाईको माग गर्दै पोखरामा विहिबार पनि धर्ना सहितका कार्यक्रमहरु तय गरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार