पोखरामा प्रहरीले पत्रकार माथी र्दुव्यवहार गरेको छ ।
एभिन्युज टेलिभिजनका प्रदेश प्रमुख सुमन ढुंगानालाई रिपोर्टिङ्का लागि पोखरा २६ बाट सृजनाचोक स्थित कार्यालयमा आउने क्रममा बुद्धचोक स्थित ड्युटिमा खटिएका ट्राफिक प्रहरीले अनावश्यक केरकार गरि र्दुव्यवहार गरेका हुन् ।
शंकटका बेला समेत आफ्नो कर्तव्य पालनाका शिलशिलामा फिल्डमा निस्किएका पत्रकार माथी भएको यस प्रकारको घट्ना प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ कास्कीले बताएको छ ।
साथै पत्रकारको परिचय पत्र देखाउदा देखाउदै पनि अपराधिलाई जस्तै गरि अनावश्यक केरकार गर्ने जस्ता हर्कतहरु तत्काल सुधार गर्न र स्वतन्त्र प्रेसको सम्मान गर्न महासंघले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार