पोखरा, जेठ ।
पोखरा जेसीजले यसवर्ष पनि ‘‘जेसीज वीकइण्ड’’ गर्ने भएको छ । यहि जेठ १० गतेदेखि १२ गतेसम्म त्रीदिवसीय कार्यक्रमका साथ ‘‘जेसीज वीकइण्ड’’ मनाउने तयारी गरिएको पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

बर्ष २०१९ को “सकरात्मक प्रभावका लागि एकता” भन्ने उद्देश्यका साथ जेसीज वीकइण्ड अन्तरगत कार्यशाला गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रम गर्ने तयारी गरिएको मुल संयोजक मोहनप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।


जेसीज वीकइण्डको पहिलो दिन स्थानिय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुलाई लक्षित गरि कार्यशाला गोष्ठी गरिने छ । गोष्ठिमा जल महल रिसोर्ट पोखराका डा.दिनेश प्रसाई र कपिल तमोटले सहजिकरण गर्नुहुनेछ । दोस्रो दिन जेठ ११ गते अन्नपुर्ण गाउँपालिकाका स्थानियलाई लक्षित गरेर माछापुछ«े मा.वि ढिकुरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर गर्ने संयोजक गणेश गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर अन्नपुर्ण गाउँपालिका संगको समन्वय तथा कास्की सेवा हस्पिटल, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राबिधिक सहयोगमा संचालन गरिने छ ।


वीकइण्डको अन्तिम दिन जेठ १२ गते पोखरामा पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समुह, स्कुल, शिक्षक/ शिक्षिका, बालबालिकालाई लक्षित गरि असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रम गरिने भएको छ । अन्तिम दिनको उक्त परामर्श कार्यक्रमकोे सहजीकरण मदरल्याण्ड मावीका प्रमोटर प्रेम नारायण पोख्रेलले गर्नुहुने संयोजक जेसी कमलराज पराजुलीले जानकारी दिनुभयो । सोही दिन वीकइण्डको औपचारिक समापन गरिने पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीले बताउनुभयो ।

ध्यक्ष शाहिका अनुसार सकारात्मक समाजिक परिवर्तनका लागी असल नेतृत्व र सामाजिक भावनाको अभिवृद्धि आवाश्यक पर्दछ । सार्थक सामाजिक परिवर्तन र विकास असल र सक्षम नेतृत्वबाट मात्र सम्भव हुनेमा शाही विश्वस्त हुनुहुन्छ । जेसिआई असल नेतृत्व तथा युवा परिचालनको दायित्वको व्यावहारिक उपयोगमा अर्थ खोज्ने अन्तराष्ट्रिय संस्था हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार