पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माण गरिने भएको छ ।
नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाको लागतमा सो भवन निर्माण गरिने भएको हो ।
गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले आज एक समारोहका बीच सो भवनको शिलान्यास गर्दै सामुदायिक विद्यालयको भौतिक निर्माणसंगै शैक्षिक गुणस्तरतामा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
“गुणस्तरीय शिक्षा समृद्ध नेपाल सुखी नेपाली अभियानको पहिलो आधार हो” उनले भने, “गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक एवम् विद्यार्थीको सामूहिक प्रयास आवश्यक छ ।”
जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय निर्माणसंगै पारदर्शिताको खाँचो औल्याए ।
भुकम्प पश्चात कास्की जिल्लामा शिक्षातर्पm दुई अर्व रुपैया भन्दा बढी लगानी भएको जानकारी दिंदै उनले भौतिक निर्माणसंगै विद्यार्थीको आकर्षण बढाउन शिक्षक वर्गको महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।
-Hari Basntola

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार