तिन बुँदे माग सहित जागौँ पोखरा अभियानले पोखरा महानगरपालिका कार्यालयमा धर्ना दिएको छ ।
नागरिकको समस्या, हाम्रो सरोकार भन्ने नाराका साथ सुरु गरिएको धर्ना कार्यक्रममा अभियानले १३ करोडको हिसाव किताब सार्वजनिक गर, महानगरमा कार्यरत पछिल्लो १० वर्ष देखी कार्यरत कर्मचारीहरुको सम्पति छानविन गरि सार्वजनिक गर र कर्मचारी सेवा ऐन २०७६ स्थगित गर लगायत माग राखेको छ ।
शिरिष गुरुङको नेतृत्वमा सुरु गरिएको अभियानलाई न मान, नसम्मान, पोखरा जगाउने महाअभियान भनिएको छ । साथै अभियान्ताहरुले जागौँ, जगाऔँ र हातेमालो गर्दै पोखरा बनाऔँ भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार