स्वतन्त्र राष्ट्रिय युवा अभियान नेपालको कास्की जिल्ला संयोजकमा मिलन कुवंर थापालाई जिम्मेवारी तोकिएको छ । थापालाई हालै सम्पन्न अभियानको भेलाले युवाहरुको नेतृत्व संम्हाल्ने गरि जिम्मेवारी तोकेको हो । संयोजक थापा रामबजारमा क्रियाशिल गलेश्वर युवा क्लव, सहनशिल युवा क्लव स्याङ्जा, स्याङ्जा सहयोग समाज, एभेरेष्ट नेपाल, कुवँर समाज पोखरा लगायतका संघ संस्थाहरुमा आवद्ध भइ विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुदै आएका छन् ।

जैशीको संयोजकत्व स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गण्डकी प्रदेश समिति गठन


मुलुकमा जारी अराजक गतिविधि र महिला तथा बालबालिका माथी भैरहेका हिंसा तथा ज्यादति विरुद्ध युवाहरुलाई एकिकृत गरि सामाजिक रुपमा जागरण अभियान संचालन गरिने थापाले बताए । साथै महिला, युवा तथा बालकालिकाहरुका लागि केन्द्रको निर्देशानुसार जिल्लाभरि आत्मरक्षाको तालिम संचालन गर्ने उनले बताएका छन् ।
नेकपा नेतृत्वको सरकारले एक पछि अर्को गर्दै राष्ट्रघाति कदम चालिरहेको वर्तमान परिस्थितीमा एमसिसिलाई संसदबाट पारित गर्ने रणनीति अख्तियार गरेकाले त्यसका विरुद्ध खरो रुपमा प्रस्तुत हुने युवा अभियानले चेतावनी दिएको छ । अभियानले राइट टु रिजेक्ट, राईट टु रिकल, उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र र दुइ दलिय व्यवस्था लगायतका विषयहरु एजेण्डाको रुपमा अघि सारेको छ ।

लमजुङमा १६ नेपाल आर्मी सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


आफ्नो संगठन विस्तार गर्ने क्रममा अभियानले कास्की जिल्लाका सवै स्थानिय तहमा रहेका युवाहरुलाई एकिकृत हुन आह्वान गरेको छ । साथै अभियानमा आवद्ध हुनका लागि संयोजक थापालाई ९८४३६७२८०६ मा सिधा सम्पर्क गर्न सकिने अभियानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार