काठमाण्डौ, चैत्र ।
एशियाली विकास बैंकका उपाध्यक्ष क्षसिजिन चेनले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षा लगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताउनुभएको छ ।
लगानी सम्मेलनलाई शुक्रबार काठमाडौमा सम्बोधन गर्दे उहाले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको र ती आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै अन्य ठूला लगानीका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको धारणा राख्नुभयो । नेपाल यतिखेर आर्थिक विकासको मार्गमा अगाडि बढेको उल्लेख गर्दै उनले बैंकले नेपाल सरकारको नीतिलाई सहयोग गर्दै लगानी गरेको स्पष्ट पार्नुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै मुथुट समूहका अध्यक्ष एमजीजर्ज मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको उल्लेख गर्नुभयो । । सरकारले लगानी भित्र्याउनका लागि प्रतिबद्धता जनाएको बताउँदै उहाले आर्थिकरुपमा बलियो बन्ने प्रयास गरिरहेको समेत बताउनुभयो । विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सङ्कल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताउनुभयो ।
विश्व बैंकले नेपाललाई विगत ५० वर्षदेखि लगानीगर्दै आएको र यतिखेर पनि धेरै परियोजनामा लगानीगर्दै आएको उहाको भनाइ छ । सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिक सम्बन्धीमन्त्री यू थाउङ टुनले दक्षिण एशियामा पछिल्लो समयमा आर्थिक वृद्धि दर उल्लेख्य रुपमा बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सफलता हासिल गर्दै आएको बताउनुभयो ।
त्यस्तै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा उत्साहपूर्ण सहभागिता जनाउनुभएका प्रधानमन्त्रीलगायत स्वदेशी तथा विदेशी लगानीकर्ता र सम्मेलनलाई सफल पार्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार