स्वतन्त्र राष्ट्रिय अभियान नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ । अभियानको आज बसेको भेलाले कृष्णप्रसाद जैशीको संयोजकत्वमा १३ सदस्यिय प्रदेश समिति गठन गरेको हो । समितिको सहसंयोजकमा सवि भट्टराई रहेकी छिन् ।

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि


सदस्यहरुमा सुनिल बहादुर कोईराला (कास्की), मिनराज बाँस्तोला (बाग्लुङ), बल्लव ठकुरी (गोरखा) र गोपाल गुरुङ (लमजुङ) रहेका छन् । यस्तै सदस्यहरुमा दिपेन्द्र लामिछाने (पर्वत), सुनिल शर्मा (म्याग्दी), तुल्सीराम भुषाल (नवलपुर), सन्तोष पौडेल (स्याङजा) र राम पोखरेल (लमजुङ) रहेका छन् । मनाङ र मुस्ताङका दुई सदस्य पछि थपिने संयोजक जैशीले जानकारी दिएका छन् । समितिको सल्लाहाकारमा नारायण विक्रम शाहिलाई चयन गरिएको छ ।

नवलपुरको देवचुलीका ३४ सहित एकै पटक ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि


जुममिटिङमा गरिएको भेलामा प्रशिक्षण दिदै केन्द्रिय संयोजक स्वागत नेपालले अभियानले उठाएका राइट टु रिजेक्ट, राईट टु रिकल, उन्नत लोकतन्त्र, प्रत्यक्ष प्रजातन्त्र र दुइ दलिय व्यवस्था लगायतका विषयहरुमा डृढतापुर्वक होमिन अभियान्ताहरुलाई निर्देशन दिए । साथै संयोजक नेपालले एमसिसि लगायत राष्ट्रिय स्वार्थका विषयमा अभियान्ताहरुलाई निरन्तर निस्वार्थ जनाधिकारको वकालत गर्न अपिल गरेका छन् ।
सो भेलाले स्वतन्त्र राष्ट्रिय युवा अभियान कास्कीको जिल्ला संयोजक मिलन कुवंर थापालाई जिम्मेवारी दिएको छ । अभियानले प्रदेशका युवाहरुलाई राजनीतिक जागरण अभियान चलाउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार