पोखरा, ०१ चैत्र ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले तराई/मधेश द्रुतमार्ग तथा हुलाकी सडकको निर्माण कार्य सन्तोषजनक नभएको निष्कर्ष निकालेको छ ।


समितिले काम अझ जटिल भूगोल र जटिल प्रकृतिको भएकाले लक्ष्यअनुसारको सेनाले निर्माण कार्यलाई थप तीव्रता दिनु आवश्यक रहेको ठहर समेत गरेको हो । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकमा सभापति कल्याणीकुमारी खड्काले काठमाडौँ तराई÷मधेश द्रुतमार्ग तथा हुलाकी सडकका सम्बन्धमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश गर्दे द्रुतमार्गमा कुनै पनि किसिमको अवरोध सिर्जना हुन नदिई निर्धारित समयभित्रै सम्पन्न हुनुपर्ने बताउनुभयो ।
समितिका सभापति खड्काको संयोजकत्वमा गठित समितिले पुस ६ र माघ १६ गते दुई चरणमा नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको स्थलगत अध्ययन गरेको थियो भने माघ १८ देखि २३ गतेसम्म तराई÷मधेशका विशेषगरी आठ जिल्लामा पर्ने हुलाकी सडकका अवस्थाका बारेमा स्थलगत अध्ययन गरिएको थियो । हुलाकी सडक निर्माण कार्य अति सुस्त रहेको भन्दै सभापति खड्काले सडकभित्र बन्ने पुल ठेक्का लागेर पनि निर्माण कार्य शुरु नभएको पाइएको बताउनुभयो ।
काठमाडौँ तराई÷मधेश द्रुतमार्ग आयोजनाको स्थलगत भ्रमणसमेत गर्नुभएका समितिका सदस्य झलनाथ खनालले छोटो अवधिमा सेनाले द्रुतमार्ग निर्माणमा महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभयो । बैठकमा सांसदहरुले द्रुत मार्गका सुरुङ मार्ग, पुल लगायतका बाँकी काम शुरु गर्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार