विगत लामो समय देखी पोखरामा होटल सम्बन्धि विभिन्न विषयहरुका तालिम प्रदान गर्दै आएका तालिम प्रदायक संस्थाहरुको छाता संगठन “होटल तालिम प्रदायक संघ नेपाल” नामक संस्था कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको छ । पोखरामा छरिएर रहेका होटल तालिम प्रदायक संस्थाहरु अस्वस्थ्य प्रतिष्पर्धाको मारमा परेको महशुस गरी सम्बद्ध संस्थाहरु मिलि पाठ्यक्रम, सीप परीक्षण, इन्र्टनशिप लगाएतमा सहज तथा एक रुपता ल्याउनको लागि संस्थाको स्थापना गरिएको अध्यक्ष ज्ञान बहादुर रानाले बताए । वर्तमान विश्व बजारमा उपयूक्र्त हुने गरी तालिमको स्तर उठाउने, स्थानीय निकाय संग रोजगार तथा स्जरोजगार मुलक तालिमको लागि सहयोगी भुमिका खेल्ने र तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई स्वदेश तथा विदेशमा रोजगारी तथा स्वरोजगारको लागि सहायक भूमिका खेल्ने यस संस्थाको उद्धेश्य रहेको रानाको भनाई छ ।

एमसीसीलाई संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने नेकपाको निर्णय


हिमालयन कलेज अफ् हष्पिटालिटी म्यानेजमेण्टका संचालक ज्ञान बहादुर रानाको अध्यक्षतामा होटल तालिम प्रदायक संघ नेपाल दर्ता गरिएको हो । संस्थाको उपाध्यक्षमा इन्टरनेशनल होटल तालिम केन्दका संचालक शेरसिं गुरुङ्ग, सचिवमा इन्टरनेशनल कलेज अफ् अप्लाईड साइन्सका संचालक सम्मर बहादुर थापामगर र कोषाध्यक्ष एभेरेष्ट इन्टिच्युट अफ् होटल म्यानेजमेण्टका संचालक महेश श्रेष्ठ रहेका छन् । संस्थाका सदस्यहरुमा दिपेन्द्र अधिकारी (लेखनाथ होटल तालिम केन्द्र), राजेन्द्र गुरुङ्ग (स्कुल अफ् बार टेन्डर्स) र दिनेश कुँवर (सुशी होटल तथा भाषा तालिम केन्द्र) रहेका छन् । यस्तै संस्थाको सल्हाकारमा विजय पौडेल (कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेण्ट कलेज), अरुण मानन्धर (स्टाण्डर्ड होटल एण्ड ल्यांग्वेज तालिम इन्टिच्युट) र विकल तुलाचन (अध्यक्ष, पश्चिमाञ्चल होटल संघ,पोखरा) रहेका छन् ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सिटिइभिटीको पाठ्यक्रमलाई आधार मानि हाल अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्ने पाठ्क्रम तयार गर्नको लागि विजय पौडेलको संयोजकत्वमा पाठ्क्रम तयारी उपसमिति समेत गठन गरिएको छ । समितिले सदस्य संस्थाहरुमा लागु हुने गरी एक मुल्य सूचि तयार गरि सकेको छ । जसको लागी शेरसिं गुरुङ्गको संयोजकत्वमा अनुगमन विभाग उपसमिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार