विदेशबाट फर्किने कामदारहरू राख्नका लागि होटल क्वारिन्टिनहरुको व्यवस्था गरिएको सरकारले जनाएको छ । जसका लागि विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ ।
विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैया“ (खाना खाजाको खर्च सहित) सम्मका कोठा लिन सक्नेछन् ।
सरकारले विदेशबाट यात्रुको उद्धार सुरु गरे लगत्तै होटल क्वारिन्टिनहरुको सूची सार्वजनिक भएको हो ।
तर, विदेशबाट फर्किनेहरु २ जनाले एउटा रुम सेयर गरेमा सस्तो पर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार