पोखरा, पर्यटकीय नगरी पोखरामा होली पर्वको अवसरमा पोखराका कलाकारले होली म्यूजिक फेष्टिवल आयोजना गर्ने भएकाछन्। पोखरा सांगीतीक कलाकार संघ नेपालको आयोजनामा यही चैत ६ गते पोखराको लेकसाईड स्थित क्याम्पिङचोकमा उक्त कार्यक्रम हुने भएको आईतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
संघको कलाकार कोष अभिबृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापनार्थ सांगीतीक कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष सुनिल थापाले बताए । कार्यक्रम पुर्वान्हः ११ ब्जे देखि साँझ ६ बजेसम्म हुने भएको छ । हिमाअसको प्रस्तुती तथा कफी बियाको मुख्य प्रायोजनमा उक्त कार्यक्रम हुने भएको हो ।


होली पर्वलाई बिषेश रुपमा मनाएर सांस्कृतिक पर्यटन प्रबद्र्धन गर्न पनि उक्त कार्यक्रम आयोजना गरिने भएको अध्यक्ष थापाले बताए । विनोद वानिया, भाई गुरुङ, सागर साह, आनन्दराज बज्राचार्य, प््रााप्ती तुलाचन, बबी सुनार, भास्करध्वज श्रेष्ठ लगायतका कलाकार तथा कन्दरा, डि—मर्चा, लेकाली, देउराली ब्याण्डको प्रस्तुति रहने भएको थापाले जनाए । कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख खर्च लाग्ने संघले जनाएको छ । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस्तो कार्यक्रम निरन्तरता दिन आग्रह गरे ।
पत्रकार सम्मेलनको अवसरमा संघलाई एक लाख रुपैया सहयोग प्राप्त भएको छ । हङकङको भेट्रान्स समुहको तर्फबाट प्रतिनिधित्व गर्दै अर्जुन गुरुङको नेतृत्वमा उक्त रकम संघलाई प्राप्त भएको हो । कार्यक्रममा उक्त रकम बराबरको चेक समेत हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार