जेठ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच र्पुयाउन ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार काठमाडौंमा नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुने बताउनुभयो । उपराष्ट्रपति पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सरकारलाई सचेत बन्न आग्रह गर्नुभयो । उहाले अझै पनि ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा नपाइरहेको अवस्था रहेको बताउनुभयो । कुष्ठरोग निवारणको घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी भएको भन्दै उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनर्स्थापनाको पहुँचमा ल्याउन जोड दिनुभयो । कार्यक्रममा उपराष्ट्रपति पुनले सङ्घद्वारा सञ्चालित खोकना आरोग्य आश्रममा ६५ वर्षदेखि रहेका कुष्ठ प्रभावित लेखी तामाङ, मनमती देवकोटा र कान्छा आलेबुढालाई सम्मान गर्नुभएको थियो । सङ्घले हालसम्म १८० घर निर्माण गरी २५८ कुष्ठ प्रभावितलाई सामाजिक पुर्नस्थापना गराएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले जेम एन्ड ज्वेलरी धेरै सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा परेको बताउनुभएको छ । खानी तथा भूगर्भ विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रुपमा आयोजना गरेको तीन दिने अन्तराष्ट्रिय जेम एन्ड ज्वेलरी प्रदर्शनीको शुक्रबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो क्षेत्रलाई माथि उकास्न सरकार लागिपरेको पनि बताउनुभयो । नेपालमै रहेको फलाम, सुनलगायतका वस्तुको उत्खननका लागि सरकारले नीति तथा कार्यक्रम र बजेट नै व्यवस्था गरेको उहाले बताउनुभयो । यो क्षेत्रको विकास गर्न सकिने र त्यसका लागि सरकारले पनि सहयोग गर्ने प्रधानमन्त्रीको भनाइ छ । कार्यक्रममा महासंघका अध्यक्ष रमेश महर्जनले तीन दिने मेलामा रत्न तथा पत्थरको निर्यात एवं प्रवर्द्धनसम्बन्धी सेमिनार पनि हुने बताउनुभयो । मेलामा नेपाली पत्थरसहित सुन, चाँदी, जेम तथा रक र मिनरल्स लगायत ६० वटा अवलोकन कक्ष राखिएको छ । काठमाडौंस्थित विभागको कार्यालय लैनचौरमा आयोजित प्रदर्शनी आइतबारसम्म चल्ने आयोजकले जनाएको छ ।


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको हो । मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काङ्ग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उहाँको भनाइ थियो । सभापति देउवाले पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाले पार्टी पराजय भएको उल्लेख गर्दै काङ्ग्रेसभिक्र सशत्त एकताको खाँचो रहेको बताउनुभयो । कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मानबाट पत्रकार एवं राजनीतिज्ञ नुतन थपलियालाई रु २५ हजार नगद र ताम्रापत्रद्वारा सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने महाधिवेशनमा ४१ जिल्लाका तीन सय प्रतिनिधिको सहभागिता रहेको छ ।


नेकपा प्रदेश ५ का इन्चार्ज एवम स्थायी कमिटी सदस्य शंकर प्रसाद पोख्रेलले नियोजित रुपमा सरकार विरुद्धको अभियान चलाइएको आरोप लगाउनुभएको छ । २६ औ मदन आश्रित दिवसका अवसरमा नेकपा कपिलवस्तुद्धारा शुक्रबार कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण एवम जिल्ला नेताहरुको सपथ समारोहलाई संवोधन गर्दे उहाले नेकपाको सरकार गलत काम गरेर जनतावाट आलोचित नभएपनि नियोजित गलत प्रचारका कारण भ्रम सिर्जनागर्न खोजिएको वताउनु भएको छ । प्रदेश ५का मुख्य मन्त्री समेत रहेका पोख्रेलले सिण्डीकेट अन्तगर्न खोज्नु ,काम नगर्ने ठेकेदारमाथि कारवाही थाल्नु,सरकारी जग्गा कब्जा गर्नेहरुमाथि छानविन थाल्नु,वैदेशिक रोजगारमा ठगी गर्ने ब्यवसायीलाई कारवाहीको दायरामा ल्याउन सरकार सफल भएको बताउनुभयो । उहाले गलत प्रचार विरुद्ध कडारुपमा उत्रन कार्यकर्तालाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल वलदेवले बोल्दै जनजीविकामा देखिनेगरी परिवर्तन गर्न कम्युनिष्ट सरकार वनेको वताउनु भयो । त्यस्तै पूर्व सभामुख एवम नेकपाका प्रदेश ५ अध्यक्ष ओनसरी घर्तिले संविधानले सुनिश्चित गरेको समाजवाद जनताको घर हुदै समाजको सबै क्षेत्रमा सुनिश्चिित गर्न केहि समय लाग्ने औल्याउनु भयो । कार्यक्रममा स्वर्गिय नेत्राद्धेय प्रति श्रद्धाञ्जली प्रकट गर्दै तस्वीरमा माल्यार्पण गरिएको थियो । जिल्ला कमिटीका १५५ सदस्य, प्रदेश कमिटीका डेढ दर्जन सदस्य सहितका करिव २ सयवढी अगु्वा कार्यकर्ताको प्रशिक्षमा सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार