पोखरा । चैत “रोग लागि सकेपछी उपचार गर्नु भन्दा रोगको बाटो छेक्नु जाति भन्ने” उदघोषका साथ महिला स्वास्थ्य स्वयम सेवक पोखरा ६ बैदामको आयोजनामा ( शुक्रबार र शनिबार) दुई दिने “म्हिलाहरुको प्रजनन् स्वास्थ्य समस्याहरु सम्बन्धि सचेतना तथा परीक्षण कार्यक्रम” तथा शिबिर शुक्रबार पोखरा महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले उद्घाटन गरेका छन ।

महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर तथा प्रजनन सम्वन्धि परार्मश दिइएको थियो । स्त्री रोग बिशेषज्ञ डा. प्रेमराज पगेनी र पोखरा महानगरपालिका नर्सिङ अधिकृत कबिता पौडेलले बिरामीहरु पाठेघरको मुख र स्तनको परिक्षण गरि परामर्श दिएका थिए । दुई दिने शिबिरमा बिरामीहरुलाई निशुल्क औषधि सहित यातायात खर्च प्रदान गरिएको थियो । पाठेघरको मुखमा संक्रमण देखिएका विरामीहरुलाई पशिमाञ्चल क्षेत्रिय अस्पतालमा रिफर गरिएको स्तनमा संक्रमण देखिएका विरामीहरुलाई मेमोग्राफीको मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको नर्सिङ अधिकृत कबिता पौडेलले जानकारी दिएकी छन ।

कार्यक्रममा २ सय ५३ जनाको स्वास्थ्य परिक्षण गरिएको कार्यक्रमका संयोजक संगिता बरालले बताएकी छन । नर्सिङ शान्ति पौडेल, जसमा जिरेल, गिता ढकाल र स्वास्थ्य स्वयम सेबिकाहरु चन्द्रकला पहारी, ज्योति पहारी, गिता बराल, शान्ति भट्टराई, यसोधा पराजुली,अमृता श्रेष्ठ, सिता के.सी र संझना पहारी लगाएतकाले प्राविधिक सहयोग गरेका थिए भन,े सहयोगी संस्थाको रुपमा पोखरा महानगरपालिका रहेको आयोजकले जानकारी गराएका छन ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्ष पहारीले यस्तो प्रभावकारी कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन आयोजकलाई जोड दिएका छन । शान्ति पाटन टोल विकास संस्था बैदामका अध्यक्ष तारानाथ लम्सालको सभाअध्यक्षमा भएको कार्यक्रममा विषेश अतिथि महानगरपालिका स्वास्थ्य अधिकृत हेमन्त शर्मा, अन्नपूर्ण प्राथामिक विद्यालयका ब्यबस्थापनका अध्यक्ष शिवजि कुवँर र कार्यक्रम संयोजक संगिता बराल लगाएतका बक्ताहरुले महिलाहरुको प्रमुख रोगकोे रुपमा रहेको पाठेघरको क्यान्सर र स्तन क्यान्सर जस्तो रोगलाई थाहा पाउन्न पाठेघरको मुखको जाच र स्तनको परिक्षण बेला बेलामा गर्नु पर्ने बताउदै, यस्ता किसिमका कार्यक्रमहरुलाई आगामि दिनहरुमा अझ प्रभाबकारी रुपमा गाउँ टोलहरुमा लिएर जान आयोजकलाई आग्रह गरेका छन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार