गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूलाई सवारी साधनहरूलाई उपलब्ध गराएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महनिरीक्षक घनश्याम अर्याललाई आइतबार एक समारोहबीच चाबी हस्तान्तरण गरेका हुन् ।
प्रदेशअन्तर्गतका प्रहरी कार्यालयहरूलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरूमा आत्मनिर्भर बनाई चुस्त र दुरुस्त एवम् प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदानका लागि यि सामाग्रीहरु प्रदान गरिएको प्रदेश सरकारले जनाएको छ ।

आज नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि, १११ जना डिस्चार्ज


साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउन प्रहरीलाई टाटा पिकअप भ्यान चार थान र २८ थान मोटरसाइकल पल्सर १८, अपाचे ५ र बुलेट ५ थान हस्तान्तरण गरिएको हो ।
मुख्यमन्त्री गुरुङले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यलयहरूबाट उल्लेखनीय कार्य भइरहेको बताए ।
साधनहरूले प्रहरी काम कारबाहीमा चुस्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरूको मनोबल समेत वृद्धि हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार