बारा, चैत्र ।
प्रदेश नम्बर २ अन्र्तगत बाराका हावाहुरीबाट प्रभावित भएकालाई राहत स्वरुप क्यानडा र चाइना देखि सहयोग जुटेको छ । सिइसिआई नामक संस्थामा कार्यरत स्वयमसेवीका क्यानडीयन नागरिक मिचायल हानको नेतृत्वमा बाराका हावाहुरी प्रभावित ५० घर परिवारलाई राहत स्वरुप खाद्य सामाग्रिको साथमा भाडाकुडाँ र लक्ता कपडा सहयोग गरिएको हो ।


विगत एक महिना देखि पोखरामा रहेकी क्यानडीयन नागरिक हानलाई नेपालको बारा र पर्सामा हावाहुरीले धेरै जनधनको क्षती भएको खवरले आफुहरुले पनि केही गर्न सकिन्छ की भनेर बाराको हाल अतिनै प्रभावित क्षेत्र स्वर्ण गाउँपालिका ४ स्थित हर्दियाका दलित बस्तीमा पुगेर ५० घर धुरीमा उक्त राहत सामाग्रि हस्तान्तरण गरेकी हुन्। पोखराको सिटिइभिटिमा आइटि सम्बन्धि इन्टनशिप गर्न आएकी हानले आफ्ना क्यानेडीयन साथी भाइसंग र आफ्नी आमा छुलिङ जंगसंगको सहयोगमा सामाजिक संजाल मार्फत सहयोगको आव्हान गर्दा करिब २ लाख ४० हजार सहयोग जुटेसंगै पोखरा लेकसाइडका पर्यटन व्यवसायी हेमराज पहारीको समन्वयमा आइतबार एक टोलीले हर्दियामा उक्त रहात सामाग्रि हस्तान्तरण गरेको हो ।
साथै टोलीले मृतकका तीन जना परिवारलाई जनहि ५ हजार १ सय रुपैया समेत हस्तान्तरण गरेको छ । हर्दिया ४ का श्रीप्रसाद यादव, प्रभा अहिरोन र पशुरामपुर ८ का तरीखा खातुनका मृतकका आफन्तलाई क्यानेडीयन नागरिक हानले उक्त रकम राहत स्वरुप प्रदान गरेकी हुन्। हानले उत्तः सहयोग फिउजन एनलाईटिक कम्पनीका जाइ थाकर, चाइनामा बस्दै आएकी आमा जंग लगायतबाट उक्त सहयोग जुटाएकी हुन्।
टोलीमा हान, पहारी सहित नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिब दीननाथ बराल, सुनिल खत्रीको सहभागिता रहेको थियो भने स्थानिय समन्वयमा प्रकाश थारु र पत्रकार शंकर आचार्यले गरेका थिए । बाराका प्रभाविताहरुलाई आवश्यकताको आधामा स्थानियसंग समन्वय गरी विदेशबाट आएको सहयोग आफुहरुले वितरण गरेको पहारीले जनाए । आगामी दिनमा पनि आफुहरु नेपालको कुनै पनि ठाउँमा परेको विपतमा सक्दो सहयोग गर्ने पहारीले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार