पोखरा महानगरपालिका वडा नं. २७ सयले पाँखामा रहेको कृष्ण प्रणामी बृद्धा आश्रममा बुधबार खाद्यान्न, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरिएको छ । आश्रमका जेष्ठ नागरिकलाई मादी गाउँपालिका १० घर भै हाल पोखरा चायापानीमा बसोबास गर्ने बैदेशिक रोजगारीको शिलशिलामा बेल्जियम रहेका राजेन्द्र गुरुङ र उनकी पत्नि दया कुमारी सिग्देलले सहयोग गरेका हुन ।

गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुग्यो


गुरुङले आफ्नी स्वर्गिय आमा क्रोहस्यो गुरुङको स्मृतिमा आश्रमका जेष्ठ नागरिकलाई दाल चामल सहितको खाद्यान्न सामाग्री, १३ थान ब्लाङकेट र नगद १२ हजार ९ सय सहित झण्डै ६५ हजार रुपैया बराबरको सहयोग गरेका हुन । बेल्जियमबाट पठाएको सहयोग आश्रमका अध्यक्ष दुर्गा प्रसाद गौतमलाई सहयोगदाता गुरुङका आफन्त नारायण गुरुङ, बिना गुरुङ, कल्पना गुरुङ र श्याममाया गुरुङले हस्तान्तरण गरेका थिए ।

गण्डकीमा डेंगुका १०५ र स्क्रबटाईफसका ५४ जना बिरामी फेला


त्यसक्रममा नारायण गुरुङले विषम परिस्थितिका कारण आश्रममा आइपुगेका जेष्ठ नागरिकलाई आफन्तको स्मृतिमा गरिएको सहयोगले केही समय भएपनि सहज जीवन यापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । आश्रमका अध्यक्ष गौतमले कठिन परिस्थितिमा रहेका जेष्ठ नागरिकलाई यस्ता सहयोगले हामीलाई हेर्ने पनि कोही छन् है भन्ने विश्वास जागेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार