पोखरा, जेठ ।
नेपाली काग्रेसले सरकारले ल्याएको बजेटलाई हावादारीको शंज्ञा दिएको छ । बुधबार बजेटभाषणपछि संसद भवन नया बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै काग्रेस सभापति शेर बहादुर देउवाले बजेटलाई हावामा गफ दिएको टिप्पणी गर्नुभयो । उहाले बजेटमा कुनै क्षमता नै नरहेको धारणा राख्नुभयो । त्यस्तै समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले बजेट कार्यान्वयनमा आशंका जनाउनुभयो । उहाले बर्तमान सरकारले पपुलर बजेट ल्याउन खोजेको बताउनुभयो । त्यस्तै काग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले सरकारको बजेटमा पूँजिगतखर्च बढाउने कुनै आधार नरहेको टिप्पणी गर्नुभयो । त्यस्तै राजपाका नेता लक्ष्मणलाल कर्णले अधिकार र बजेट फेरी पनि केन्द्रिकृत गर्न खोजिएको तर्क गर्नुभयो ।

अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति प्रतिनिधिसभामा टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार साँझ बसेको वैठकमा अर्थमन्त्री डा खतिवडाले राजश्व र व्ययको वार्षिक बजेटको प्रति टेबुल गर्नुभएको हो । सरकारद्वारा आज प्रस्तुत उक्त आयव्ययमाथि प्रतिनिधिसभा यही जेठ १९, २० र २१ गतेको बैठकमा छलफलका लागि दिन तोकिएको सभामुख कृष्णबहादुर महराले बैठकमा जानकारी दिनुभयो । यसअघि सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले आव २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिसभाको बुधबारकै बैठकमा डा अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक २०७६ पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ १९ गते आइतबार ११ बजे बस्नेछ ।


यसैविच अर्थमन्त्री डा.खतिवडाले आब २०७६÷०७७ को राजश्व र व्ययको वार्षिक अनुमान राष्ट्रियसभामा पनि आजै टेबुल गर्नुभएको छ । बुधबार साझ बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा खतिवडाले बजेटको प्रति टेबुल गर्नुभएको हो । सरकारद्वारा संघीय संसदमा प्रस्तुत उक्त आयव्ययमाथि राष्ट्रियसभामा यही जेठ २१ देखि २३ गतेसम्म छलफलका लागि समय तोकिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी दिनुभयो । राष्ट्रियसभाको अर्काे वैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।









तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार