काठमाण्डौ, जेठ ।
सुर्खेतका पत्रकारहरुलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ गरेका भ्रष्टाचारविरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही रिहा हुनुभएको छ । बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै शाहीलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश शाही रिहा हुनुभएको हो । रिहा भएलगतै उहाका समर्थकले अभिनन्दन गरेका थिए । शाहीले आफु जनताको पक्षमा भएकाले अदालतले न्यायोचित न्याय गरेको बताउनुभयो । उहाले भ्रष्टाचारविरुद्ध आफ्नो लडाई जारी रहने बताउनुभयो । भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका शाहीले गालीगलोज गर्दै पत्रकारहरुलाई ’ लागी गर्नुभएको थियो । त्यसपछि सुर्खेतका पत्रकारहरुको उजुरीका आधारमा शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरिएको थियो। शाहीलाई पक्राउ गरेर काठमाडौं ल्याइएपछि उहाको तर्फबाट अधिवक्ता महेश डंगोलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराउनुभएको थियो । प्रहरीले शाहीलाई सुर्खेतबाट पक्राउ गरी बसमा राखेर यातना दिँदै ल्याएको आरोप लागेको थियो ।

प्रदेश नम्बर एकमा भएका जडिबुटीहरुको गहन अध्यनन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपालमा पाइने २ हजार २ सय जडिवुटी मध्ये प्रदेश नं. १ मा अधिकांश पाईने भएको हुँदा गहन अध्ययन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका हुन । अध्ययन नगर्दा धेरै जडिवुटीहरु खेर गईरहेको उनीहरुले बताएका छन् । आयुर्वेद चिकित्सा तथा आयुर्वेद औषधि प्रसोधन तथा उत्पादन केन्द्र स्थापना सम्बन्धी विराटनगरमा आज आयोजना गरिएको प्रदेश स्तरिय कार्यक्रमका विज्ञहरुले जडिवुडीको व्यवसायिक खेती प्रर्बद्धन गर्नुपर्ने, संकलन र प्रशोधन केन्द्र उचित स्थानमा सञ्चालन गर्नुपर्ने, आयुर्वेद चिकित्सामा भएका भ्रम चिर्न सचेना फैलाउनु पर्ने, आयुर्वेद औषधिको ब्राण्ड तयार गर्नु पर्ने सुझाव दिईएको छ । नेपालको मौलिक उपचार पद्धति आयुर्वेद भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले जडिबुटीहरुको गहन अध्यननका लागि प्रदेश सरकार निरन्तर लाग्ने बताउनुभयो । जडिबुटी तथा आयुर्वेद विज्ञ समितिले तयार पारेको प्रतिवेदन कृषि, वन, जडिवुडी व्यवसायी, जडिवुडी व्यापारी, आयुर्वेद चिकित्सकाका विज्ञ, वनस्पती विज्ञानका विज्ञहरुले सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश नं. १ का विभिन्न जिल्लामा जडीबुटीको संकलन तथा भण्डारण केन्द्रको समेत प्रारम्भिक अध्ययनको बारेमा जानकारी गराइएको थियो ।















गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष एवम् नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित् गरेकोमा कडा आपत्ति जनाउनुभएको छ । उहाले नेपाल र जापान दुवै देशका सरकारी तथा प्राविधिक प्रतिनिधि बसेर उडानको लागि मिति नै तय गरिएको अवस्थामा निगमले एक्कासी विना कारण उडान स्थगित गर्नु आफैंमा अशोभनीय भएको टिप्पणी गर्नुभयो । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हिराचनले टिकट बुकिङ नभएकै कारण उडान स्थगित् गरिएको भन्ने निगमको भनाईमा कुनै सत्यता नै नभएको जिकिर गर्नुभयो । उहाले नेपाल एयरलाईन्सले जापानसँग उडानको लागि सम्झौता गर्नु ठूलो उपलब्धि भएपनि यसको लागि गर्नुपर्ने आवश्यक धेरै कामहरु नेपालको तर्फबाट द्रुत गतिमा नभएकोपनि गुनासो गर्नुभयो । उहाले नेपालबाट जापान सिधा उडान भर्ने सम्झौता भएकै दिनदेखि जापानीहरु उक्त सम्झौताबारे खुशी रहेको आफूले पाएको बताउनुभयो । उहाले दिर्घकालिन महत्व बोकेको नेपाल–जापान सिधा हवाई उडान सम्झौतालाई नेपाल वायु सेवा निगमले गरेको खेलबाडका कारण नेपाल–जापान द्धिपक्षीय सम्बन्धमा पनि आगामी दिनमा असर पुग्नेबारे चिन्ता व्यक्त गर्नुभयो ।













































तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार