काठमाण्डौ, वैशाख ।
भूतपूर्व ब्रिटिश गोरखा सैनिकले समान कामको लागि समान ज्याला पाउनुपर्ने माग राख्दै बुधबार काठमाडौमा प्रदर्शन गरेको छ । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले बुधबार काठमाडौंको माइतिघरमा समान कामको लागि समान ज्याला पाउनुपर्ने भन्दै आफूहरुलाई पनि ब्रिटिशसरह नै सेवा सुविधा दिनुपर्ने माग गर्दे प्रदर्शन गरेका हुन् ।


उनीहरुले आफुहरुकोे सेवा सुविधाका बारेमा ब्रिटिश सरकारबाट निकै आश्वासन पाएपनि माग भने पुरा नभएको भन्दै प्रदर्शन गरेको जनाएका छन् । आफूहरुले प्रतिशतको आधारमा नभई ‘समान कामको समान दाम’ पाउनुपर्ने माग गरेको भन्दै आफुहरुको माग पुरा नभए आन्दोलन चर्काउने उनीहरुले बताएका छन् । यस बिषयमा नेपालले उच्चस्तरीय वार्ता समिति गठन गरेर नै समस्या समाधान गर्नुपर्ने सघर्ष समितिले जनाएको छ ।
यसैविच नेपाली कांग्रेसका नेता नरहरि आचार्यको संस्मरणात्मक पुस्तक गणतन्त्रको यात्रा ः बन्दी वृतान्तको विमोचन गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच मानव अधिकारका अगुवा कृष्ण पहाडी, प्रोफेसर कृष्ण खनाल र साहित्यकार शारदा शर्माले आचार्यको पुस्तक विमोचन गर्नुभएको हो । आचार्यको संस्मरणात्मक पुस्तकमा राजनीतिक संघर्ष, राजतन्त्रको अन्त्य, दरवार हत्याकाण्ड र कांग्रेस भित्रका राजनितिको चर्चा गरिएको छ । पुस्तकमा गणतन्त्रको यात्रामा आफु हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको आचार्यले बताउनुभयो । ६३८ पृष्ठको पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार