गोरखामा एकै पटक १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको नमुना परिक्षणमा गोरखाको गोरखा नगरपालिका र पालुङटारका १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गेरखा नगरपालिकाकाको वडा नं.७ का ६ जना महिला र ६ जना पुरुष, वडा नं.८ का १ जना पुरुष र वडा नखुेका २ पुरुष र १ महिलामा कोरोना संक्रमण भएको हो ।
यस्तै पालुङटारका १ का १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससंगै गोरखामा कोरोना संक्रमितको संख्या १८४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार