गोरखाको गोरखा नगरपालिकामा एकै पटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र राष्ट्रिय जनस्वास्थ्इ प्रयोगशाला काठमाण्डौमा गरिएको नमुना परिक्षणमा गोरखाका १२ जनामा कोरोना संक्रमण देखिएको हो ।
गोरखा नगरपालिकाको वडा नं.१० का १ र १३ का ७ जना पुरुष तथा ३ जना महिला र वडा नं. ८ का १ जना पुरुषमा कोरोना संक्रमण भएको हो । यस्तै बाग्लुङको काठेखोला र बरेङका १–१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार