पोखरा, २३ फाल्गुन ।
पोखराको गण्डकी मेडिकल कलेजका पुर्व प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाद खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा ठगि आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्धामा विद्याथीले दिएको उजुरीका आधारमा जिल्ला अदालतको अनुमति पछि १० जनालाई पक्राउ पुर्जी जारी गरेसंगै गयराति खनाल र शर्मालाई उनको निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश सुवेदीले बताए ।


उनका अनुसार कलेजका बाँकी ८ जनाको समेत खोजि कार्य भईरहेको छ । विद्यार्थीहरुबाट ५५ करोडभन्दा बढी ठगी गरेको आरोपमा उनीहरुलाई विद्यार्थीले विभिन्न निकायमा उजुरी गरेका छन् । खनाललाई पोखराको विरौटा र परीक्षा नियन्त्रक शर्मालाई राष्ट्रबैंक चोकबाट प्रहरीले बुधबार नियन्त्रणमा लियर हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको छ ।
गण्डकी मेडिकल कलेज संचालक समितिका अध्यक्ष खुमा प्रसाद अर्याल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल डा. रवीन्द्र श्रेष्ठ, फाईनान्सियल कन्ट्रोलर यूवराज शर्मा, स्टोर किप्पर कृष्ण पौडेल, लेखाका हरि पौडेल, कर्मचारी दिनेश पौडेल र तिलक पौडेललाई पक्राउ पुर्जी जारी गरिएको प्रहरी निरिक्षक सुवेदीले बताए । पक्राउ पुर्जी जारी भएसंगै अधिकाशं सम्पर्क विहिन भएको बताईएको छ उनीहरुको मोवाईलमा फोन गर्दा फोन सम्पर्क हुन सकेको छैन्।
कलेजले मनपरी शुल्क असुलेको बिरोधमा बिद्यार्थीहरुले ३६ दिन देखि आन्दोलनमा उत्र्रिदै आएका छन भने विगत २६ दिन देखि रिले अनसन जारी रहेको एक बिद्यार्थीले जनाए । कलेजले आफुहरुसंग प्रति व्यक्ति ८ देखि १८ लाखसम्म बढी रकम अशुल्ने गरेको बिद्यार्थीहरुको आरोप छ ।
भारतिय बिद्यार्थीहरुसंग भने कलेजले एक करोडसम्म रकम अशुल्ने गरेको बिद्यार्थीहरुको आरोप छ । बिद्यार्थीहरुको आन्दोलनको क्रममा गण्डकी मेडिकल कलेजको ओपीडी सेवाको कार्यकक्षमा बिद्यार्थीहरुले तालावन्दखी गरेसंगै विगत करिब एक महिना देखि ओपीडी सेवा समेत प्रभावित भएको छ ।
कलेजमा भ्रष्टचार भएकोले एमविविएस तेश्रो बर्षको परीक्षा समेत आफुहरुले नदिएको बिद्यार्थीहरुले गुनासो गरे । सरकारले उपत्यका बाहिरका मेडिकल कलेजहरुमा एमबिबिएसको शुल्क ४२ लाख रुपैयाँ शुल्क निर्धारण गरे पनि उक्त कलेजले भने ५५ लाख रुपैयाँ सम्म अशुल्ने गरेको बिद्यार्थीहरुको आरोप छ ।
अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल, भौचर दिनुपर्ने लगायतका माग राखेर कलेजका करिब पाँच सय विद्यार्थी आन्दोलनमा रहेकाछन्। यस बिषयमा कलेजमा बुझ्न खोज्दा कुनै व्यक्तिसंग सम्पर्क हुन सकेको छैन् ।
नेपाल मेडिकल काउन्सिल, त्रिभुवन विश्व बिद्यालय लगायतबाट कलेजमा भएको अनियमितताको बारेमा बुझ्न आएको टोलीले समेत कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको निष्कर्ष निकालेको बताईन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार