अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
घिमिरेलाई आज कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको हो । केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो ।
स्रोतका अनुसार उनी घरै आइसोलेसनमा बसेका छन्। अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार