स्याङजा : सवारी दुर्घटना १ जनाको मृत्यु
मिती २०७७।०४।०८ गते अन्दाजी २१:०० बजेको समयमा जिल्ला स्याङजा कालिगण्डकी गाउँपालिका-१ ठाटी भङज्याङ् स्थित भित्री कच्चि सडक खण्डमा लु ३ त ४२०१ नं.को ट्याक्टरले ऐ. बस्ने वर्ष ७६ की कृष्ण रेश्मीलाई ठक्कर दिई घाईते बनाएकोमा, उचारको लागि मिशन हस्पिटल पाल्पा पठाएकोमा ऐ.२३:०० बजे डक्टरले मृत घोषणा गरेको, घटनाका विषयमा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
कास्की : मृत अवस्थामा फेला
मिति २०७७।०४।०९ गते अन्दाजी ०७:३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका-१२ ढिकालेथर बस्ने वर्ष ८० को तेज बहादुर गुरुङ घरमा कोही कसैलाई नसोधी निस्की हिडेकोले निजको आफन्तले खोजतलास गर्दै जाने क्रममा अंन्दाजी २०० मिटर उत्तर तर्फ रहेको सेती नदिको नहर छेउमा निजको टोपी चस्मा चप्पल र फोटो फेला परेको भन्ने खबर ऐ.०७:५५ बजे प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजतलास गर्ने क्रममा ऐ.१३ दुईकुलाको मुहान स्थितमा मृत अवस्थामा फेला परेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
गोरखा : बाढीले बगाई वेपत्ता
मिति २०७७।०४।०८ गते राति परेको अविरल वर्षाको कारण जिल्ला गोरखा चुमनुब्री गाउँपालिका-३ सानो फिलिम र फिलिमको बिचमा रहेको तिसेङ खोला (ठाडो खोला)को पानी एक्कासी बढ्न गई चुमनुब्री-३ फाक्पा घर भई ऐ.स्थानमा अस्थाई गोठ बनाई बस्ने वर्ष ७६ को कान्छा गुरुङलाई निज बसेको गोठ सहित उक्त ठाडो खोलाले बगाई वेपत्ता पारेको भन्ने खबर मिति २०७७।०४।०९ गते बिहान ०७:०० प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई खोजिकार्य भईरहेको छ ।
कास्की : सवारी दुर्घटना
मिति २०७७।०४।०८ गते अन्दाजी २०:३५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ जाल्पा रोड स्थित सृजनाचोकबाट पृथ्वीचोक तर्फ जाँदै गरेको लु २५ प ५१८१ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकलमा सवार निम्न स्थान बस्ने निम्न व्यक्तिहरु घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
निम्नः-
1. मोटरसाईकल चालक जिल्ला रुपन्देही घर भई हाल पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने अन्दाजी वर्ष ५० को देवानन्द भट्टराई, अवस्था सामान्य ।
2. मोटरसाईकल पछाडी सवार ऐ.घर भई ऐ.बस्ने निजको श्रीमती वर्ष ४७ की कल्पना भट्टराई, अवस्था सिरियस ।
गोरखा : शव फेला परेको
मिति २०७७।०४।०८ गते जिल्ला गोरखा शहिद लखन गाउँपालिका-३ हटिया बस्ने वर्ष ७२ की कृष्ण कुमारी आले ०८:३० बजे खेतमा जान्छु भनि हिडेकोमा बेलुका २०:३० बजे सम्म घर तथा आफन्तको सम्पर्कमा नआएकोले २०:३५ बजे प्रहरीलाई खबर गरे पश्चात निजलाई खोज्दै जाने क्रममा २१:१० बजे घर देखि अन्दाजी २ कि.मि. दक्षिण खेतको बारिमा मृत अवस्थामा फेला परेको, घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार