प्रदेश प्रहरी कार्यालय गण्डकीले पोखरामा आफ्नै अस्पताल सञ्चालन गरेको छ । अस्पतालको आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गरेका हुन् ।
उक्त अस्पतालमा प्रहरी जवान साथै तिनका आश्रित परिवार लगायत भूतपूर्व प्रहरीको उपचार हुनेछ । आफ्ना कर्मचारीको औषधी उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले पोखरा ७ मुस्ताङचोक स्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माण गरि सेवा सुचारु गरिएको प्रदेश प्रहरीले बताएको छ ।

गण्डकी प्रदेशमा फेरि ३ कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १३०५ पुग्यो


प्रहरी नायव महानरीक्षक अर्यालले प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पना गरिएको बताएका छन् । अस्पताल सञ्चालनमा आएपछि गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तह सम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने उनले बताए ।
अस्पतालले जनरल ओपिडी सहित वार्ड ल्याब र फामेर्सि सेवा पनि दिनेछ । गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डाक्टर नर्मन लामिछानेले हाल जनरल फार्मेसि सेवा दिँदै आएकोमा यसलाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथ रोग विशेषज्ञ लगायतका अन्य सेवाहरु समेत दिइने बताए ।

व्यवसायिक लाभ लिन नसकेको निष्कर्ष सहित चिनियाँ जहाज नउडाउने नेपाल एयरलाइन्सको निर्णय


अस्पताल सोधपुछ कक्ष, ओ.पि.डी. इमर्जेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय सहित कुल ११ सय ६ वर्ग फिट क्षेत्रफलमा फैलिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार