पोखरा, वैशाख ।
गण्डकी प्रदेशसभाको तेस्रो अधिवेशन सकिएको छ । अधिवेशन २०७५ पौष २३ गतेदेखी सुरु भएर २०७६ वैशाख ८ गते सम्म चलेको थियो । अधिवेसनमा १५ दिनमा १६ पटक गरि १५ घण्टा ५५ मिनेट सम्म संसदमा छलफल चलेको संसद सचिवालयले जनाएको छ । उक्त अवधिमा विभिन्न ६ वटा विधेयकहरु पारित भएका छन् ।


अधिवेसनमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, बर पिपल, समि चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको बिधेयक, औद्योगिक व्यवसाय विधेयक २०७५, ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरि छ वटा विधेयकहरु संसदबाट पास भएका सचिवालयले जनाएको छ ।
यसैविच प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा सचिवालय ऐन, २०७५ र प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ कार्वाहीको प्रक्रियामा रहेका छन् । यसअघि पहिलो र दोस्रो अधिवेसनमा २२ वटा विधेयकहरु प्रदेशसभाले पास गरेको थियो ।
तर, प्रर्याप्त मात्रामा प्रदेश सरकारले विजनेस दिन नसके पछि प्रदेश सभाका काम कार्वाहीहरु अनुमान गरिए भन्दा सुस्त देखिएका सभामुख नेत्रनाथ अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार