गण्डकी प्रदेशमा डेंगु र स्क्रबटाइफसका विरामीहरु समेत देखिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार डेंगुका १०५ र स्क्रबटाईफसका ५४ जना बिरामी फेला परेका हुन् । विवरण अनुसार म्याग्दीमा सवैभन्दा धेरै ६४ जनामा डेंगु र ४३ जनामा स्क्रबटाईफसको संक्रमण देखिएको हो ।

पश्चिमाञ्चल क्याम्पस पोखरामा रक एण्ड टनेल इञ्जिनियरिङ विषयको पठनपाठन सुरु


निर्देशनालयका अनुसार बाग्लुमा २ जानमा डेंगु र ६ जनामा स्क्रबटाईफस, पर्वतमा १ जनामा डेंगु, स्याङ्जामा ४ जनामा डेंगुको संक्रमण भएको हो । यस्तै नवलपुरमा ३ जनामा डेंगु र ३ जनामा स्क्रबटाईफस भेटिएको निर्देशनालयले जनाएको छ । कास्कीका २० जनामा डेंगु र २ जनामा स्क्रबटाईफस भएको छ ।

यो वर्ष १.५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने विकास साझेदार एसियाली विकास बैंक एडीबीको अनुमान


लमजुङ्मा १० जना डेंगुका बिरामी फेला परेका छन् भने गोरखामा १ जनामा देखिएको छ । प्रदेशको मनाङ, मुस्ताङ र तनहुँमा अहिले सम्म यस प्रकृतिका बिरामीहरु फेला परेका छैनन् । डेंगु लामखुट्टेको टोकाई र स्क्रबटाइफस मुसामा हुने माइटको टोकाईबाट हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार