गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा थप ७ जनामा कोरोना भाईरसको संक्रमण फेला परेको हो । विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकामा ६ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकीमा डेंगुका १०५ र स्क्रबटाईफसका ५४ जना बिरामी फेला


पोखरा महानगरपालिमा वडा नं. ४ का २२ वर्षीय एक पुरुष, पोखरा १४ का ३० वर्षीय एक पुरुष, पोखरा १० का ४६ वर्षीय एक महिला र २४ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पोखरा १७ का २१ वर्षीय एक पुरुष, र पोखरा २५ का २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

पश्चिमाञ्चल क्याम्पस पोखरामा रक एण्ड टनेल इञ्जिनियरिङ विषयको पठनपाठन सुरु


यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. २ का २४ वर्षीय एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका ४ का १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत रहेका छन् भने पोखरा महानगरपालिका १७ र २५ का २ जना पुरुषहरु भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार