गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपािलकाका १९ गरि प्रदेशमा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

कक्षा १२ का विद्यार्थीहरुको विवरण संकलन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड


निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ७ जना प्रहरी सहित १७ जना र बाग्लुङको बडिगाड गाँउपालिका वडा नं. १ मा २२ वर्षीय एक पुरुष र वडा नं. ५ मा ६० वर्षीय अर्का पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । बाग्लुङका ति संक्रमितहरु विदेशबाट आएर क्वारेन्टिनमा बसिरहेका थिए ।

आज मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन विभागको आग्रह


यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९१ पुगेको छ । हालसम्म १ हजार ८७८ जना डिस्चार्ज भएका छन् । २८ जनाको मृ-त्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार