गण्डकी प्रदेशमा पुनः १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नवलपुरमा ८ जना, कास्की र तनहुँमा १–१ जना र गोरखामा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

एमसीसीलाई संशोधन र परिमार्जन सहित अनुमोदन गर्ने नेकपाको निर्णय


विवरण अनुसार कावासोती नगरपालिकाको वडा नं.२ का २ जना पुृरुष, वडा नं. ३ का १ जना महिला, वडा नं. १६ का २ जना महिला र वडा नं. १ का २ जना पृुरुष र १ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै कास्कीको रुपा गाउँपालिका वडा नं. २ का १ जना पुरुष र तनहुँको भानु नगरपालिकाका १ पुरुषमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि


गोरखामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । गोरखा नगरपालिकामा कार्यरत २ वजना सुरक्षाकर्मी सहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनिहरु ३६ र २७ वर्षीय पुरुष रहेका छन् । गोरखाको वडा नं.६ का १ पुरुष, बारपाक ४ का १ जना पुरुष र सुलिकोट ३ का १ जना महिला रहेका छन् ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ८२० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार