गण्डकी प्रदेशमा थप ४९ जनामा को-रोना भा-इरसको सं-क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्ष-यरोग उ-पचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा गरि ४९ जनामा को-रोना भा-इरसको सं-क्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा मात्र १९ जनामा को-रोना सं-क्रमण भएको छ । यस्तै बाग्लुङमा ९ जना, तनहुँमा ३ जना, पर्वतमा १ जना, स्याङजामा १२ जना र नवलपुरमा ५ जनामा को-रोना भा-इरसको सं-क्रमण देखिएको हो । पोखरा महानगरपालिका १५ का २३ बर्षीय महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफनर्स रहेकी छिन् भने पोखरा महानगरपालिका ३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उ-पचाररत बि-रामी रहेका छन् ।
यस्तै पोखरा महानगरपालिका १९ का २२ बर्षीय पुरुष पोखरा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा पर्बतमा नेपाल प्रहरीमा कार्यरत रहेका छन् । उता बाग्लुङ जिल्ला, जैमिनीका ५१ बर्षीय महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत बि-रामी रहेका छन् भने बाँकी सं-क्रमितहरु विदेशबाट आएर क्वारेन्टाइनमा बसेका रेहेको पाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार