गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्इ निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा सवस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा प्रदेशका विभिन्न जिल्लाहरुमा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।
लमजुङको बेसिशहर नगरपालिका वडा नं.८ की ४६ वर्षीय एक महिला, तनहुँको देवघाट नगरपालिका वडा नं. ४ का ४२ वर्षीय एक पुरुष र वडा नं. ५ का २७ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पोखरा महानगरपालिका वडा नं. १० र १५ का ४०–४० वर्षीय २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उतचा स्याङ्जाको पुतलिबजार नगरपालिका वडा नं. १ का ८५ वर्षीय एक पुरुष र तनहुँको म्याग्दे गाउँपालिका वडा नं. १ का ६० वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पोखरा १५ का ४० वर्षीय पुरुष वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत रहेको जनाईएको छ ।
बाँकी स्याङ्जाका ८५ वर्षीय एक पुरुष र तनहुँको म्याग्देकी एक महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ७९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार