गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको नमुना परिक्षणमा एकै पटक ६७ जनामा संक्रमण पुष्टि भएको हो ।
कास्कीमा ३१ जना, नवलपुरमा १५ जना, गोरखामा १८ जना, तनहुँमा ३ जनामा कोरोना संक्रमण भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ५९८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार