गण्डकी प्रदेशमा एकै पटक ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा कास्कीका १६ जना, नवलपुरका १७ जना, लमजुङका ३ जना तथा स्याङ्जा, बाग्लुङ १–१ र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या २ हजार ३५२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार