लमजुङमा थप ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा बेसिशहरमा कार्यरत ६ जना प्रहरीमा कोरोना संक्रमण भएको हो ।
उनिहरु मध्ये १ जना महिला र ५ जना पुरुष रहेका छन् । यसअघि हिजो पनि ठुलो संख्यामा प्रहरीमा संक्रमण देखिएको थियो । यस्तै पोखरा महानगरपालिका वडा नं. १० की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनि बगर स्थित मेगा बैकको शाखामा काम गर्ने कर्मचारी रहेको बताईएको छ ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २०९४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार