आज गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा २४ र लमजुङमा २५ जना संक्रमित थपिएका छन् ।
यस्तै नवलपुरमा ८, तनहुँमा ४ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज तनहुँकी एक महिलाको मृत्यु भएको छ ।
हालसम्म गण्डकीका कोरोना संक्रमितको संख्या २ हजार २७३ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार