गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या १ हजार ८९१ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८९१ पुगेको हो ।
गत २४ घण्टामा गरिएको ८३३ नमुना परिक्षणमा १० जनामा कोरोना पुष्टि भएको थियो । यससंगै गण्डकीमा संक्रमितको संख्या १ हजार ८९१ पुगेको हो ।
हालसम्म गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त भई १ हजार ६३९ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणका कारण प्रदेशमा ८ जनाको मृत्यु भएको छ ।
हाल ८३० जना क्वारेन्टिनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार