गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा प्रदेशका विभिन्न जिल्लाका ८ जनामा कोरोना संक्रमण देखिएको हो ।
निर्देशनालयका अनुसार नवलपुर, तनहुँ र बाग्लुङका २–२ जना तथा म्याग्दी र स्याङ्जाका १–१ जनामा कोरोना देखिएको हो । संक्रमित मध्ये स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ र तनहुँको ब्यास नगरपालिकाका १ जना नेपाल आर्मी तथा बेनी नगरपालिकाका १ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् ।
उनिहरुको अवस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८८८ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनको संक्रमण मुक्त भई १ हजार ६१२ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार