गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
विवरण अनुसार नवलपुरका १८ जना, बाग्लुङ, मोरङ र चितवनका १ १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यससंगै प्रदेशमा कुल संक्रमितको संख्या १८४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार