पोखरा महानगरपालिकाका ४ सहित गण्डकी प्रदेशमा एका बिहानै ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ४ जना, नवलपुरको कावासोती नगरपालिकाका २ जना र बाग्लुङको बरेङ गाँउपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ६४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार