पोखरा महानगरपालिकाका ३ जना सहित गण्डकीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा पोखरा महानगरपालिका वडा नं.६,८ र १५ का १ १ जना पुरुषमा कोरोना देखिएको हो ।
यस्तै लमजुङकी एक महिला र तनहुँका एक पुरुषमा पनि कोरोना देखिएको छ । उता भरतपुर अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा गोरखाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङकी ७१ वर्षीय संक्रमित महिला पोखराको फेवासिटी अस्पतालमा उपचाररत महिला रहेकी निर्देशनालयले जनाएको छ । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार