गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ३ जना सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिकाका ३ सहित तनहुँका भानु नगरपालिकाका २ जना, बाग्लुङको बाग्लुङ नगरपालिकाका १ र बडिगाड गाउँपालिकाका १ जना, गोरखाको गोरखा नगरपालिकाका १ जना, स्याङ्जाको पुतलिबजार नगरपालिकाका १ जना र नवलपुरको मध्यविन्दु नगरपालिकाका १ जना गरि १० जनामा कोरोना संक्रमण भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार