पोखरा महानगरपालिकाका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका थप ११ सहित स्याङ्जाका ६ जनामा पनि कोरोना भाइरस पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नं. ९ ६ जना, १९ का ४ जना र एक जना महिलाको वडा खुलाईएको छैन् । वडा नं. १९ का सवैजना महिला रहेका छन् । वडा नं. ९ का ४ जना महिला र २ जना पुरुष रहेका छन् ।
उता स्याङ्जाको पुतलिबजार नगरपालिका ४ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ६ सय ४८ पुगेको छ । यि मध्ये १४९३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार