गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा स्याङ्जाका ७ जना, म्याग्दीका १ जना, कास्कीका ३ जना र बाग्लुङका १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्तमितको संख्या १ हजार ६ सय ११ पुगेको छ । यिमध्ये १४४३ जना डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार