क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३८ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै बाग्लुङ्को गल्कोट नगरपालिकाका ३४ वर्षीय एक महिला र जैमिनी नगरपालिकाकी एक २५ वर्षीय महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
यसअघि आजै पोखरा महानगरपालिकाका ९ जना पुरुषहरुमा कोरोना पुष्टि भएको थियो । आज मात्रै गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
यससंगै कुल संक्रमितको संख्या १ हजार ५ सय ५५ पुगेको छ । यि मध्ये ४ जनाको मृत्यु भएको
छ भने, १३६२ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार