पोखरा महानगरपालिकाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उनिहरु १७ देखी ५७ वर्ष सम्मका पुरुषहरु रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ । यि मध्ये १३५४ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार